गाेरखा । गाेरखा सदरकुममा हिजाे बुधबार ट्याक्टर र स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा सवार २ जना घाईते भएका छन् ।
घाईते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका-५ देबिमाई टोल बस्ने बर्ष-५२ को राज बहादुर थापा र साेही स्कुटरमा सवार गोरखा नगरपालिका-६ हरमटारी बस्ने बर्ष-३६ की लक्ष्मी थापा घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
चालक थापाकाे दाहिने घुडामा गहिरो चोट लागेकाे र पछाडी सवार थापालाई बाहिरी चोट नदेखिएकाे पनि उनले बताए । थापाकाे प्रदेश अस्पताल गाेरखामा सामान्य उपचार पछी थप उपचारकाे लागि राजधानीकाे टिचिङ अस्पताल पठाएकाे पनि उनले जानकारी दिए ।
गोरखा नगरपालिका-८ काे खोलखोले स्थितमा बुङकोट बाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको ग १ त ३४५३ नं को ट्याकटर र बिपरित दिशा बाट जादै गरेको बा ८५ प ७०९६ को नं को स्कुटर एक आपसमा ठक्कर खाएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा संलग्न ट्याक्टर चालकलाइ शहिदलखन गाउँपालिका-७ बुङकोटका अनिष आले मगर र दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।


