गोरखा । गोरखाकी पत्रकार अस्मिता सिंम्खडा पाेखरामा संम्मानित भएकी छिन् । उनलाई प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिले एक कार्यक्रम बिच सम्मान गरेकाे हाे ।
प्रेस सेन्टर गण्डकी प्रदेशको पोखरामा भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा सिंम्खडालाई गणेश–चाँदनीस्मृति पत्रकारिता पुरस्कार प्रदान गरेर सम्मानित गरिएको छ ।
कोरोना महामारीका कारण वि.स.२०७७ मा दिवंगत हुुनभएका पोखराका गणेश पौडेल र डेंगी संक्रमणका कारण ज्यान गुमाएकी प्रेस सेन्टर लमजुङकी सचिव चाँदनी अधिकारीको स्मृतिमा स्थापित गणेश–चादनी स्मृति पुरस्कार सिंम्खडालाई प्रदान गरिएको हो ।
पुरस्कारको राशी ५ हजार सहित सम्मान पत्र दिएर सम्मानित गरीएकाे थियाे । प्रेस सेन्टर गोरखाका उपाध्यक्ष समेत रहेकी सिम्खडा सामुदायिक सूचना नेटवर्क सिआइएन, रेडियो मनास्लु र नागरिक सवाल डटकममा आवद्ध छन् ।




















