प्रतिकात्मक तस्बिर
गोरखा । घरबाट बृद्व भत्ता लिन गएका १ जना बृद्वको भिरबाट लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा भिमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ बर्षका चुढामणी काप्री भएको पुष्टी भएको छ ।
माघ २० गते आइतबार बिहान ७ बजे बृद्व भत्ता बुझन भनेर वडा कार्यालय गएका काप्रीको ४ पछी भिरबाट लडेर मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय आरुघाट, गोरखाका प्रहरी निरिक्षक नविन गिरीले जानकारी दिए ।
उनका अनुसार बृद्व भत्ता बुझेर फर्कने क्रममा भिमसेन थापा गाउँपालिका–२ को वगुवा खेत जाने बाटोको सेतो पहरो भन्ने स्थानबाट खसेर काप्रीको ज्यान गएको हो । उनको शव बाटोबाट २५० मिटर तल फेला परेको थियो ।
बृद्व भत्ता लिएर नआएपछी काप्रीका आफन्तहरुले सोही दिनदेखी खोजबिन गरेको भएता पनि उनको मृत्त शरिर आज बिहान ७ बजे मात्र भिरबाट खसेको अवस्थामा फेला परेको थियो ।
शव फेला परेपछी ईलाका प्रहरी कार्यालयबाट प्रनि गिरी सहितको टोली घटना स्थल पुगेर मुचुल्का उठाएर शव आफन्तलाई जिम्मा लगाएको प्रनि गिरीले बताए ।
मृतक काप्रीको साथबाट केही पाउरोटी, रक्सीका बोतल र मासु फेला परेको पनि ईलाका प्रहरी कार्यालय आरुघाटले जानकारी दिएको छ ।


