गाेरखा । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको पाेखरामा भएकाे तेस्राे अधिवेशनबाट गाेरखाका गुणराज रोक र दानबहादुर गुरुङ निर्वाचित भएका छन् ।
माघ २१ र २२ गते भएकाे अधिवेशनबाट महासचिब पदमा राेक्का र जनजाति सविचमा गुरुङ निर्वाचित भएका हुन् । निर्वाचित भएका राेक्का गाेरखा पत्र दैनिकमा गाेरखाबाट समाचार लेखनका काम गर्दछन् भने गुरुङले चितवनकाे कुरिनटारमा रेडियाे ईच्छा कामना सञ्चालन गर्दै आएका छन् ।
पोखरामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अर्जुन काफ्ले, खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तैगरी, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।
सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे निर्वाचित भएका छन् ।





















