गोरखा । गोरखामा महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १० हजार भन्दाबढी किशोरीहरुमा एचपिभी खोप लगाउन थालिएको छ ।
आज माघ २२ गतेदेखी माघ २६ गतेसम्म सञ्चालनमा आउने खोप अभियानमा १० हजार २१४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नानीबाबु दानीले जानकारी दिए ।
अयिभान अन्तरर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई खोप लगाइने छ । खोप अभियान २ दिनसम्म सञ्चालनमा आउने उनले छ ।
अभियान अन्तरर्गत आज छुटेका किशाेरीहरुले माघ २६ गते गाेरखा अस्पतालमा सम्पर्क गरी लगाउन सक्ने छन् ।
याे अभियान अन्तरर्गत १० देखि १४ बर्षसम्मका उमेर समुहका किशोरीहरुलाई खाेप लगाइने छ ।
































