गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा पुन: सुजन न्यौपाने चयन भएका छन् ।
गोरखा सदरमुकाममा आज भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष ७ सदस्यी जिल्ला कार्यसमिति समेत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा , सचिवमा रबिकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोख्रेललाइ चयन गरेकाे छ ।
बाँकी सदस्यहरु भने पछि थप गर्ने गरि कार्यसमिति चयन गरेको निर्वाचित अध्यक्ष न्याैपानेले जानकारी दिए ।
अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनी, एमालेका अध्यक्ष सुरेन्द्र बहादुर थापा र प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य भिमलाल श्रेष्ठको समेत उपस्थिति रहेको प्रेस चाैतारी गाेरखाले जनाएकाे छ ।




















