गोरखा । आजदेखी देशैभरी किशोरीहरुको लागि सुरु भएको पाठे घर बिरुद्वको एचपिभि खोप गोरखामा पनि शुभारम्भ गरीएको छ ।
गोरखा नगरपाािलका–९ को लक्ष्मिबजारमा रहेको महालक्ष्मी माविमा अध्ययनरत मञ्जु बिक र रुष्का रानाले खोप लगाएर अभियानको शुभारम्भ गरीएको हो ।
गण्डकी प्रदेश, जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अभियान अन्तरर्गत कक्षा ६ मा अध्ययनरत १२ बर्षिया द्वय मञ्जु र रुष्काले खोप लगाएपछी जिल्ला भर अभियानको सुरुवात भएको जनस्वास्थ्य अधिकृत नानीबावु दानीले जानकारी दिए ।
उनका अनुसार उक्त बिद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने कुल २२८ जनाले खोप अभियानमा सहभागिता जनाउने छन् ।
खोप अभियानभन्दा अगाडी भएको शुभारम्भ कार्यक्रममा खोप अभियानका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले ब्यानर पढेर अभियानको सुरुवात भएको घोषणा गरेका थिए । उनले यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएका कारण पूर्ण रुपमा सुरिक्षत भएको भन्दै अभियानमा जिल्ला भरका सबै किशोरीहरुलाई सहभागि हुन अनुरोध गरे ।
कार्यक्रममा सहभागी भएका गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगर र उप–मेयर मसली मायाँ थोकर पुनःले लक्षित समूहका किशोरीहरुकालागी सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको खोप अभियानमा कुनै पनि किशोरीहरु नछुटोसभन्दै यो खोपपछी आउदा दिनमा कुनै पनि महिलाले पाठेघरको क्यान्सबाट अकालमा ज्यान गुमाउनु नपर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले लक्षित बर्गका कुनै पनि किशोरीहरुलाइ खोप अभियानमा सहभागी गराउन सरकार तत्पर रहेकोभन्दै सबैको सहयोगले मात्र यो अभियान सफल हुने बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यायलका प्रमुख यम प्रसाद शर्मा, गोरखा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुल बहादुर कुवँर, बिद्यालयका प्रधानाध्यापक चुढामणी काप्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
खोप कार्यक्रम शुभारम्भ पूर्व स्थानिय महिलाहरुको समूहले पञ्चैबाजा बजाएर नाचगान समेत गरेका थिए ।



