गाेरखा । गाेरखा तर्फकाे त्रिशुली नदी किनारमा १ जना अपरीचित पुरुषकाे मृत्त पुरुषकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीका अनुसार मृत्त पुरुषकाे शव गण्डकी गाउँपालिका-२ काे गाेर्दीमा फेला परेकाे हाे ।
नाम र वतन खुल्न नसकेकाे अन्दाजी ५०-५५ बर्षका पुरुषकाे शव फेला परेकाे सूचना अधिकारी पाैडेलले बताए । नदी किनारकाे ढुङ्गाको चेपमा अड्कीएकाे अवस्थामा ति पुरुषकाे शव फेला परेकाे हाे ।
मृत्त शव निकाल्न विपद व्यवस्थापन शिक्षालय कुरिनटार समेतबाट उद्धार टोली घटनास्थलमा खटिएकाे थियाे । मृत्तककाे लाशको उद्धार गरी लाश सनाखत तथा पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखाको शवगृहमा राखिएको छ ।
गाेरखा प्रहरीले घटनामा थप अनुसन्धान भई रहेको जनाएकाे छ ।


