गोरखा । गोरखामा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका–४, स्थित गैरागाउँका ७० बर्षका खुन्ते सार्कीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
घरबाट आहालेपानीस्थित बारीमा बिहिबार हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका सार्की अवरेसम्म घर नफर्किएपछि खोजतलास गर्दा चिलाउनेको रुखको हाँगामा नाङ्गो तारले छोएर करेन्ट लागेको अवस्थामा घटनास्थलममा मृत फेला परेको उनले जानकारी दिए ।
घटनास्थलमा अनुसन्धान गर्दा सार्कीले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको डिएसपी सुवेदीको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


