प्रतिकात्मक तस्बिर
गोरखा । उत्तरी गोरखाको भिरबाट हामफालेका २ जनालाई गोरखा प्रहरीले उद्वार गरेको छ । दुवै जनाको अहिले स्थानिय अस्पतालमा उपचार जारी रहेको छ ।
बुधबार साँझ ४ः३० बजेको समयमा चुमनुब्री गाउँपालिका–६ को चुम्चेतको कुन्जोर भन्ने स्थानमा रहेको पाङडाङ छेमा भिरबाट बारा जिल्ला गढीमाई नगरपालिका–४ घर भई हाल उक्त क्षेत्रमा कवाडी संलकन गर्ने ३० बर्षका सन्तलाल शाह भिरबाट हामफालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
शाहले भिरबाट हामफालेको जानकारी प्रहरीलाई दिए लगत्तै प्रहरी चौकी चुन्चेतबाट गएको प्रहरीको टोलीले उनलाई उद्वार गरी स्थानिय स्वास्थ्य चौकीमा उपचार गराएको थियो ।
शाह भिरबाट ३०० मिटर तल खसेको अवस्थामा प्रहरीले फेला पारेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनको चुम्लिङ स्थित स्वास्थ्य चौकीमा उपचार भई रहेको छ ।
घाईते शाहको टाउको, अनुहार र शरिरको विभिन्न भागका चोट लागेको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको पनि सूचना अधिकारी सुवेदी बताए ।


