गोरखा । गोरखाको आरुघाट बजारमा ब्यवसाय गर्दै आएका बिण्णु श्रेष्ठको आज बिहानैदेखी खोजी सुरु गरीएको छ । श्रेष्ठ मंगलबार साँझपख स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हालफाले पछी बेपत्ता भएका थिए ।
उनकाे खाेजी भएकाे आज ३ दिन हुदासम्म पनि फेला पार्न नसकिएकाे जिल्ला प्रहरी गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनकाे खाेजीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र गाउँलेहरु लागेता पनि आफन्तबाट खासै सहयाेग नपाएकाे इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक नविन गिरीले बताए ।
बुधबार बिहानैदेखी नदी तटीय क्षेत्रको बेनीघाटसम्म पनि खोजी गरीएको थियाे । त्यस बाहेक पनि धादिङ प्रहरी संग समन्वय गरेर राराङ गाउँपालिका क्षेत्रमा पनि खोजी सुरु गरीएको प्रनि गिरीले बताए ।
आरुघाट गाउँपालिका आरुपोखरीका श्रेष्ठले आरुघाट बजार क्षेत्रमा समोसा पसल सञ्चालन गर्दै आएका थिए । उनै श्रेष्ठ मंगलबार दिउसो ४ः५० बजे स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हामफालेर बेपत्ता भएको भएका हुन् ।


