प्रतिकात्मक तस्बिर
गाेरखा । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरीका पठाइदिने भन्दै करिब १ करोड रुपैयाँ ठगी गर्ने गोरखाका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शहीद लखन गाउँपालिका–७ घर भई हाल काठमाडां महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक भएको प्रहरीले पुष्टी गरेको हो ।
सुरेन्द्रले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ९७ लाख ५४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।


