गोरखा । उत्तरी गोरखाको आरुघाटमा रहेको स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हालफालेका १ जना पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुने पुरुष आरुघाट गाउँपालिका–९ आरुघाट बजारका बिण्णु श्रेष्ठ भएको जिल्ला प्रहरी गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार मंगलबार दिउसो ४ः५० बजे स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हामफालेका थिए ।
बेपत्ता पुरुषको आफन्त, छिमेकी र प्रहरीले नदी किनार आसपास खोजी जारी राखेको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।


