गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालिकाको–२ काे रुन्चेत र ३ काे लुसिकाङ जोड्ने ‘बुढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको हाे ।
उत्तरी गाेरखाका क्रियाशिल कादुरी एग्रीकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाजले १ करोड ३३ लाख ९४ हजार ७५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरेकाे हो ।
पुलमा कादुरीको १ करोड ३२ लाख १८ हजार ७५२ रुपैयाँ र स्थानीयको १ लाख ७६ हजार बरावरको जनश्रमदान लागतमा झोलुङ्गे पुल निर्माण भएको धार्चे गाउँपालिकाकी उप-प्रमुख सुनिला गुरङले जानकारी दिइन ।
२०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भए लगत्तै हिजाे आइतबार एक कार्यक्रमका विच उद्घाटनसमेत गरिएको उपाध्यक्ष गुरुङले बताइन ।
पुल निर्माण भएसंगै त्यस क्षेत्रका स्थानीयबासीलाई आवतजावतमा निक्कै सहज हुने भएको छ ।


