गोरखा । गोरखा र तनहुँको किसानको लागि सञ्चालित सुन्तला जातको तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले सदरमुकाममा २ जिल्लाको किसानको लागि सञ्चालित तालिम सम्पन्न भएको हो ।
परियोजनाले २ जिल्लाको किसानको लागि सुन्तला जात फलफुलको बगैंचा ब्यवस्थान सम्बन्धि तालिम सम्पन्न भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ गोरखाका प्रमुख पूर्ण ढुङ्गानाले बताइन ।
माघ ९ गतेदेखी सञ्चालमा आएको तालिम हालै सम्पन्न भएको हो । तालिममा तनहुँको बन्दिपुर र देवघाट गाउँपालिका र गोरखाको गोरखा र पालुङटार नगरपालिका तथा आरुघाट, अजिरकोट, सिनाचोक, गण्डकी, शहिदलखन र भिमसेन थापा गाउँपालिकाका किसानहरु तालिममा सहभागी भएको परियोजनाले जानकारी दिएको छ ।
तालिममा बगैंचा भएका किसानहरुलाई ब्यवस्थान र नभएका किसानहरुलाई बगैंचा निर्माण सम्वन्धी आवश्यक जानकारी दिएको थियो । त्यसका साथै बोट बिरुवाको काँटछाँट, सिंचाई, मदखाद ब्यवस्थापन तथा रोग किरा ब्यवस्थापन तथा नियन्त्रण कसरी गर्ने भन्ने बारेमा सिकाइएको परियोजना प्रमुख ढुङ्गानाले जानकारी दिइन ।
सोही तालिममा नयाँ किसानहरुको लागि जमिनको छनौंटदेखी खाडल तयार, बिरुवा रोपण बिधी र उत्पादन पछीको बजारीकरण सम्वन्धी प्रशिक्षण गराईएको थियो ।
तालिम समापनका दिनमा परियोजनाले प्रयोगात्मक बिधी मार्फत बिरुवा काँटछाँट, मदखाद राख्ने, सिंचाइ तथा छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी बिषाधी तथा भिटामिन प्रयोग गराएको थियो ।
उक्त तालिममा २१ जनाको सहभागिता रहेको थियो ।


