गोरखा । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा ११५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ ।
वडा भित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा लक्षित गरी यही माघ २२ गते गाउँपालिकाले खोप दिन लागेकाे हाे ।
अभियानको लागी शहिद लखन गाउँपालिकाको वडा स्वास्थ्य शाखाले आईतबार वडा खोप समन्वय समिति, बिद्यलय शिक्षक र स्वयमसेविकाहरुलाई एच.पि.भि खोप सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ ।
कार्यक्रममा सहजिकरण गरेकी बुङकोट स्वास्थ्य चौकीका प्रमुख बिमला पुलामीले खोप अभियान निर्धारित समयमा सुरु गर्ने बताइन । खोप अभियानमा छुटेकाहरुले भने माघ २५ गते गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकमा आएर खोप लगाउन सक्ने पनि उनले जानकारी दिइन ।
खोप अभियान संचालनका लागि वडा भित्र ३ वटा खोप केन्द्र बनाइएकाे छ ।




















