गोरखा । हालै मन्त्री परिषदले गोरखाको भूमि आयोगका अध्यक्षमा नियुत्त गरेको राजनराज पन्तले हिजो एक कार्यक्रम बिच पदभार ग्रहण गरेका छन् ।
जिल्ला समन्वय समितिले आइतबार स्वागत कार्यक्रमको आयोजना गरी पन्तलाई पदभार ग्रहण गराएको हो ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृण्ण बहादुर राना मगरले जिल्लामा भूमि सम्वन्धी गंभिर समस्याहरु भएकाले समाधान तर्फ लाग्न पदभार ग्रहण गरेका पन्तलाई आग्रह गरेका थिए ।
उनले त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भन्दै भूमि हिन नागरिकहरुको समस्या चाढोभन्दा चाढो सुल्झाउन आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले भूमि माथिको पहुच सबैको हुन आवश्यक रहेकोभन्दै आयोगले आफ्नो लक्ष्य प्राप्त गर्न सफल होसभन्दै शुभकामना ब्यत्त गरे ।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफुले पहिलो काम भूमि हिन दलितहरुको कामबाट सुरुवात गर्ने बताए । त्यसपछी क्रमश अन्य कामहरु गर्दै जानेभन्दै अध्यक्ष पन्तले सवै र सर्व पक्षिय सहयोग नहुदासम्म आयोगले आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने बताए ।
जिल्ला समन्वय समितिको समन्वय उप–प्रमुख लिला परियारको अध्यक्षमा भएको कार्यक्रममा उप–प्रमुख परियारले सबैको सहयोग लिएर लिल्लामा रहेको भूमि सम्वन्धी समस्याको समाधान गर्न अनुरोध गरे ।
कार्यक्रममा गोरखा नगरपालिकाका उप–प्रमुख मसली मायाँ थोकर पुनःका साथै सरकारी कार्यायलयका प्रमुख तथा प्रतिनिधी र जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।



