गोरखा । सदरमुकाममा रहेको गोरखा अस्पतालमा २ दिने निःशुल्क मुटु जाँच शिविर हुने भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा यही माघ २५ र २६ गते निःशुल्क जाँच शिविर हुने भएको हो ।
क्लबले आज पत्रकार सम्मेलन गर्दै २ दिनको लागि निःशुल्क जाँच शिविर राखिएकोले सबैलाई जाँच गराउन अनुरोध समेत गरेको छ । शिविरका संयोजक किशोर जंङ थापाले पत्रकार सम्मेलनमा जाँच पछी शल्यक्रिया गनुपरेको खण्डमा समेत निःशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरीएको जानकारी दिए ।
उनले यो शिविरबाट स्कुले बच्चाहरुमा त्यस्ता समस्या देखिए र नेपालमा उपचार संभव नभएका खण्डमा भारतमा लगेर पनि निःशुल्क उपचार गराएर ल्याउने क्लबको ब्यवस्था मिलाएको जानकार दिए ।
भारतमा उपचारको लागि जादा भने बिरामी र बिरामीका १ जनालाई समेत जाने र आउने निःशुल्क ब्यवस्था मिलाईएको उनले बताए ।
२ दिनसम्म चल्ने जाँच शिविरमा मुटुरोग बिशेषज्ञ डा.अनिल भट्टराइको नेतृत्वमा आउने चिकित्सकहरुको टोलीले चेक जाँच गराउने छन् ।
रोटरी क्बल अफ गोरखालाई यस पटक संभाव नेपाल पनि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
केही बर्षदेखी सेभ द हर्टले क्लब संग समन्वय गरेर निःशुल्क जाँचका साथै शल्यक्रिया गर्दै आएको छ ।
बर्षेनी शिविरको आयोजना गर्दै आएको क्लब र गोरखा अस्पताल बिच अस्पताल भित्रै हर्ट क्लिनिक स्थापना गर्ने बिषयमा समेत सम्झौता भई सकेको छ ।
यो शिविरमा विगतका बर्षहरुमा जाँच गराएको औषधी खाएका तथा पुनः चेक जाँच गराउनु पर्नेहरु तथा मुटु जाँच गराउन चाहनेहरुले शिविरबाट फाइदा लिन सक्ने संयोजक थापाले बताए ।
यो शिविरमा चिकित्सकहरु स्वयंम सेवकका रुपमा आउने भएकाले खाना, आवास र यातायातमा मात्रै क्लबको करिब ६ लाख खर्च हुने अनुमान गरीएको छ । बिरामी जाँचपछी औषधी र चिकित्सकहरुको ब्यवस्था सेभ द हर्टले गर्ने छ ।
गत बर्ष स्कुलका बिद्यार्थीहरु बाहेक करिब २ हजार जनाले शिविरबाट सेवा लिएकोले यस पटक पनि सोही हाराहारीमा जाँच गराउने अनुमान क्लबले गरेको छ ।
क्लबले गएको बर्षसम्ममा स्कुल तथा गोरखा अस्पतालमा भएको शिविरबाट ५० हजार बढी मानिसले सेवा लिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


