प्रतिकात्मक तस्बिर
गोरखा । हिजो शनिबार आफ्नै बारीमा रहेको रुखमा चढेर घाँछ काट्ने क्रममा १ जना पुरुषको लडेर ज्यान गएको छ ।
ज्यान गुमाउने ब्यत्ती भिमसेन थापा गाउँपालिका–४ धावा, बडडाँडाका ५५ बर्षका पोष्ट बहादुर लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार लामिछाने आफ्नै घरको पछाडी रहेको बरको रुखमा घाँट क्रममा लडेर घटना स्थलमा ज्यान गएको हो ।
बरको रुखले घरमा छायाँ पारेकोभन्दै हागाँ छिमोल्न गएको उनी अकाष्मत रुखबाट चिप्लिएर लडेका थिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय आरुघाटबाट आएको प्रहरीको टोलीले मुचुल्का तयारपारी शव पोष्ट मार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाएको र शवको पोष्टमार्टम लगत्तै परिवारलाई जिम्मा लगाएको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।
घटनाको आवश्यक अनुसन्धान थालिएको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।


