काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका गोरखाका १ जना सहित २ जना युवालार्ई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार २०८१ कात्तिक ११ गते बिहान ११ः३५ को समयमा काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित नोभा अस्पतालको पार्किङमा विक्रम लामालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भिर घाइते बनाइ उनीहरु फरार रहेका थिए ।
उक्त घटनाका मुख्य अभियुक्त ३४ वर्षीय अजय लामा र ३२ वर्षीय दिपक बरामुलाई प्रहरी टोलीले भारतको पञ्चकुला पक्राउ गरी माघ ९ गते कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट काठमाडौं लगिएको हो । उनीहरुलाई जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
स्थायी घर नुवाकोट, ककनी गाउँपालिका–४ भएका लामा र स्थायी घर गोरखाको आरुघाट गाउँपालिका–७ भएका बरामु हाल काठमाडौं बस्दै आएका थिए ।
घटना भएकै दिन ११ कात्तिकमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भएका ३० वर्षीय मार्शल भनिने शैलेन्द्र तामाङ, गोरखाको गण्डकी गाउँपालिका–४ घर भएका २८ वर्षीय निश्चल सुनार र गोरखाकै आरुघाट गाउँपालिका–८ का ३० वर्षीय सिजन अधिकारीलाई पक्राउ परेर मुद्दा चलीरहेकोे छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले २ मंसिरमा झापाबाट निश्चल सुनारलाई र २६ पुसमा भारतको दिल्लीबाटै सिजन अधिकारीलाई पक्राउ गरेको थियो ।
प्रहरीको अनुसन्धानमा लामा माथी आक्रमण गर्न उनीहरुले ७ महिनादेखी रेकी गर्नुका साथै १२ लाख रुपैयाँ सुपारी लिएको समेत खुल्न आएको छ ।


