प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा बजार क्षेत्रमा आज बिहान बोलेरोले ठक्कर दिदा १ जना पुरुष घाईते भएका छन् ।
घाईते पुरुष चितवन जिल्ला कालिका नगरपालिका–४ पदमपुरका ५१ बर्षिय कृण्ण कुमार श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान १२ बजेको समयमा चितवनबाट गोरखाको आरुघाट तर्फ जादै गरेको प्रदेश ३–०३–००१ प ४२४० नम्बरको मोटरसाईकललाइ गोरखा बजारबाट चितवनको नारायणगढ बजार तर्फ जादै गरेको बा १७ च ६१७५ नम्बरको बोलेरोले ठक्कर दिएको हो ।
गोरखा नगरपालिका–१० को बिरेनचोकमा भएको उक्त दुर्घटना लगत्तै घाईते श्रेष्ठको गोरखा अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि चितवन लगिएको पनि उनले जानकारी दिए ।
घाईते श्रेष्ठको दाहिने खुट्टा घुडा मुनीको भाग भाँचिएको छ भने शरिरको विभिन्न भागमा चोट लागेको छ ।
तिब्र गती र सो क्षेत्रमा बाक्लो कुहिरो लागेको कारण पनि दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनमा संलग्न सवारी र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।




















