गोरखा । गोरखामा कुवामा डुवेर १ जना बृद्वाकाे ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा पालुङटार नगरपालिका–६ ठुलाचौरकी ६७ बर्षिया कृण्ण मायाँ कामी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार ५ फिट गहिरो उक्त कुवामा डुबेर मृत्त अवस्थामा स्थानियले देखेपछी प्रहरीले खबर गरेका थिए ।
बिहीबार भएको उक्त घटना लगत्तै प्रहरीले शव निकालेर पोष्टमार्टम पछी परिवारलाई शव बुझाएको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।
परिवारले जानकारी दिएको भन्दै सूचना अधिकारी शर्माले मृत्तक महिला मानसिक बिरामी भएको र उनले आफैल कुवा डुवेर आत्माहत्या गरेका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।


