गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, काे ताजुमा हिजाे भएकाे आगलागीमा परी ३ घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।
बिहीबार साँझको समयमा स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित ३ वटा घर आगलागीबाट जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।
खाना पकाउने चुल्होबाट बाहिर धुवा फाल्न प्रयोग भएको फलामको पाइप सल्किएर अचानक आगलागी भएको उाले बताए । आगलागीबाट छिरिङको २ वटा कच्ची घर, भुकम्पपछि निर्माण गरिएको अर्को १ घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।
त्यस्तै १ घरको भुई तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको छ । सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी प्राप्त भएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिइएको हो ।





















