गोरखा । गोरखाको पालुङटारमा आज बिहान भएको स्कुटर दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ ।
ज्यान गुमाउने युवक अजिरकोट गाउँपालिका–३ हंशपुर घरभई हाल पालुङटार नगरपालिका–५ हवाई ग्राउण्ड बस्ने बर्ष २४ का सुरेश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
हिजै राती दुर्घटना भएको उक्त स्कुटर आज (मंगलबार) बिहान ६ः३० बजेको मात्र स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । सोही नगरपालिकाको लामागाउँ स्थित सडकमा हवाई ग्राउण्ड तर्फ जादै गरेको बा. ८२प २१९९ नम्बरको स्कुटर दुर्घटनामा परेको पनि उनले बताए ।
तिब्र गतिमा भएका कारण अनियन्त्रीत भएको स्कुटर सडक किनारमा पल्टिदा गुरुङको घटना स्थलमा नै ज्यान गएको सूचना अधिकारी शर्माले बताए ।




















