गोरखा । नेपाली कांग्रेस गोरखाको पूर्व उपसभापति भोजराज वाग्ले निधन भएको छ । वाग्लेको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा हिजो निधन भएको नेपाली काँग्रेस गोरखाका सचिव कृण्ण आलेले जानकारी दिए ।
लामो समयदेखी बिरामी परेको वाग्लेलाई केही समय अगाडी मश्तिष्क घात भएको थियो ।
बिरामी भएपछी राजधानीमा नै बस्दै आएका वाग्लेको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरीएको पनि सचिव आलेले जानकारी दिए ।




















