प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा बजारमा आज १ जना बृद्वको शव फेला परेको छ । उनको हत्या गरीउको आशंका गरीएको छ ।
गोरखा नगरपालिका–६ को छहरे निवासी ८५ बर्षका बृद्व ताेप बहादुर पाठक घर नजिकै मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घरबाट बिहान ५ बजेतिर निस्किएको पाठक बिहान ९ बजे घर नजिकैको काडाँघाँरीमा मृत्त फेला परेका थिए ।
पाठकको घाँटीमा गहिरो चोट देखिएका कारण हत्या भएको हुन सक्ने अनुमान गरीएको छ ।
पाठकको शव अहिले गोरखा अस्पतालमा राखिएको छ । उनको पोष्टमार्टम गर्ने तयारी भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
पाठकका शव घरदेखी ५–६ सय मिटर पर फेला परेको हो ।




















