प्रतिकात्मक तस्बिर
गोरखा । ज्यान मार्ने उद्योगमा फरार रहेका गोरखा आरुपोखरीका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–८ को आरुपोखरी घरभई हाल काडमाडौं तार्केश्वर नगरपालिका–८ बस्दै आएका २९ बर्षिय सिजन अधिकारी भएको पुष्टी भएको हो ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कञ्चनपुर भिमदत्त नगरपालिकास्थित नेपाल भारत सिमाबाट पक्राउ गरेको हो ।
अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।




















