गोरखा । गोरखा जेसिजनको ४४औ अधिबेशन बाट निर्वािचत भएका पदाधिकारीहरुकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ ।
सदरमुकाममा आयाेजिक एक कार्यक्रम बिच हिजाे सनिबार पदस्थापन कार्यक्रम सम्पन्न भएकाे बर्ष २०२५ का अध्यक्षमा सुमन गुरुङ जानकारी दिए ।
सदरमुकाममा भएकाे कार्यक्रममा बर्ष २०२४ का अघ्यक्ष अस्बिन ढुङानाले बर्ष २०२५ का अघ्यक्ष गुरुङलाई आफुले लगाएकाे चेन लगाएर जिम्मेवादी प्रदान गरेकाे थियाे ।
यस अघि जेसिजहरुको गोरखा सदरमुकाममा भएको भेलाले कार्यकारी उपाध्यक्षमा जिवन थापा र रचन परिवार चयन गरेको थियाे ।
त्यस्तैगरी उपाध्यक्षहरुमा सनौक घिमिरे, सन्जोक मास्के, युनिक अर्याल र सन्देश खत्री सर्व सम्मत रुपमा चयन गरेको हो । सोही भेलाले सह–सचिवमा श्याम आले मगर र सह–कोषाध्यक्षमा सन्दिप ढकाललाई चयन गरेको मुख्य निर्वाचन अधिकृत पुष्कर गुरुङले जानकारी दिए ।
गोरखा जेसिजले बार्षिक रुपमा आफ्नो नियमित काम सहित स्वास्थ्य र शिक्षा तथा सामाजिक काममा सहयोग गर्दै आएको छ ।
तस्बिर : सामाजिक सञ्जाल




















