गोरखा । गोरखा सदरमुकाममा ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश विविध कार्यक्रम गरी मनाईएको छ ।
आज बिहानै सरकारी स्तरबाट आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवशरमा जिल्ला प्रशासन कार्यालयबाट र्याली निकाले सदरमुकामको ठुला आँगनमा कोण सभा गरी समापन गरीएको थियो ।
कार्यक्रममा ठुलो आँगनमा भएको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरी सलामी अर्पण गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृण्ण बहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवान बावु मास्केले आ–आफ्नो धारण राखेका थिए ।
आजै नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समिति राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले आयोजना गरेको थियो ।
राप्रपाले आयोजना गरेको कार्यक्रममा गोरखा सदरमुकामको खेलकुद मैदानदेखी कालिमाटी बजार, शक्तिचोक, पुराने बसपार्क हुदै गोरखा संग्रालय भित्र रहेको पृथ्वीनारायण शाहको शालिकसम्म विभिन्न बाजागाजा सहितको र्याली गरिएको थियो ।
राप्रपाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला भित्रका विभिन्न जातजातीले आ–आफ्नो संस्कार संस्कृती झल्कने बाजा र ड्रेसमा सजिएका सर्व साधारणहरुले राष्ट्रिय झण्डा बोकेर बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पछी जिल्ला अध्यक्ष भगवान दास मल्लको अध्यक्षतामा भएको कोण सभामा प्रमुख अतिथी राप्रपाका केन्द्रिय सदस्य रामराज कोइराला, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, राप्रपा अनुसासन विभाग प्रमुख संयोजक गणेशमान सिंह बस्नेत र मानव अधिकारी बादी यदु अधिकारीले आ–आफ्नो धारणा राखेका थिए ।


