गोरखा । निजी तथा आवासीय बिद्यालय (प्याब्सन)को जिल्ला अध्यक्षमा पुनः कमल थापा चयन भएका छन् ।
जिल्ला सदरमुकाममा आज भएको १४औं साधारण सभा एवं ७औं अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
थापाको अध्यक्षतमा १६ सदस्यीय जिल्ला कार्य समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा राजन बस्नेत, सचिवमा बावुराम तिवारी र कोषाध्यक्षमा दिपक गुरुङ चयन भएका छन् ।
समितिका सदस्यहरुमा विनोद अर्याल, पदम प्रसाद दाहाल, प्रकाश केसी, गोमा ढकाल भट्ट, कृण्ण घले, गणेश गुरुङ, प्रदिप शेर्पा, विण्णुहरी अर्याल, बिकास थापा र योङ्ग कुमार श्रेष्ठ चयन भएको प्याब्सन गोरखाले जानकारी दिएको छ ।
अधिवेशनले आजै सुनिता सापकोटा र दिक्पाल अधिकारीलाई मनोनित सदस्यमा चयन गरेको अध्यक्ष थापाले बताए ।
त्यसका साथै अधिवेशनले २ नगरपालिका र १ गाउँपालिकामा फोकल पर्सन समेत तोकेको छ । फोकल पर्सनमा गोरखा नगरपालिकामा किरण ढकाल, पालुङटार नगरपालिकामा रमेश बडु र शहिदलखन गाउँपालिकामा विवेक लुईटेललाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तैगरी, अधिवेशनले महाधिवेशन प्रतिनिधीमा रुपा भट्टराईलाई पठाउने निर्णय गरेको छ भने सल्लाहकारमा सिताराम तिवारी र जनक केसीलाई चयन गरेको अध्यक्ष थापाले बताए ।



