गाेरखा । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गाेरखा दरर्बारबाट सुरु भएकाे पदयात्रा ‘एकीकरण टर्च र्याली’ हिजाे काठमाडौं पुगेको छ ।
पुस २१ गते बिहान ९:३० बजे गोरखाकाे गाेरखा दरर्बार परिषरबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ हिजाे दिउसाे दिउँसो ४:४० बजे काठमाडौं पुगेको हो ।
गोरखाबाट हिँडेको रिपुमर्दन गण र शार्दुलजङ गुल्मका टोलीले धादिङको शिवदल गणलाई टर्च, नेपाली झण्डा र पृथ्वीनारायण शाहकाे पालामा स्थापना भएकाे ५ वटा गणका झण्डाहरु हस्तान्तरण गरेका थिए ।
त्यसपछी भने शिवदलले नुवाकाेटकाे शेर गणलाई, शेर गणले काठमाडाैंकाे नागार्जुनमा रहेकाे कालिध्वज गणलाई र कालिध्वजले हनुमान ढाेकामा रहेकाे शार्दुलजङ गुल्मलाई बुझाएकाे हाे ।
हिजाे हनुमान ढाेका पुगेकाे उक्त टर्च, नेपाली झण्डा र पृथ्वीनारायण शाहकाे पालामा स्थापना भएकाे ५ वटा गणका झण्डाहरु आज राजधानीकाे टुडीखेलमा हुने ३०३ओै पृथ्वी जयन्तीकाे अवशरमा प्रर्दशन गरीने कार्कक्रम तय भएकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।
र्यालीमा सहभागी सैनिकहरूले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका थिए ।
नेपाली सेनाले गाेरखादेखी गरेकाे याे पदयात्रा छैंटाैं संस्करणकाे हाे ।



