गोरखा । गोरखा प्रहरीले नदीबाट अवैध रुपमा गिट्टी लिएर जादै गरेको २ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।
गोरखाकै दरौदी नदीबाट उत्खनन् गरी उत्तरी गोरखाको बालुवा बजार तर्फ जादै गरेका ति टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार ना. १ ख ६२८४ र ग. १ ख ७५७० नम्बरका २ वटा टिप्परलाई हिजो बिहीबार दिउसो बालुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।
दिउसो ५ बजेको समयमा ति टिप्परहरुले दरौदी नदीबाट अबैध रुपमा नदिजन्य पदार्थ लोड गरी गएको सूचनाको आधारमा प्रहरीले दुवै टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका–४ को बालुवा चौकीले नियन्त्रणमा लिएको ति टिप्परका सम्वन्धमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी शर्माले बताए ।


