×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे भच्चेक आधारभूत अस्पतालको सेवा अब नयाँ भवनबाट

  •  गोरखा समाचार
  • बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामदेखी पश्चिम उत्तरमा रहेको भच्चेक आधारभूत अस्पतालले केही दिनभित्रै नयाँ भवनबाट सेवा दिने भएको छ ।

    अजिरकोट गाउँपालिका–३ को भच्चेक बजारमा रहेको उक्त अस्पतालले यही माघ १ गतेदेखी नयाँ भवनबाट सेवा दिन लागेको डा.रामानन्द चौधरीले बताए ।

    ‘अहिले अस्पताल सञ्चालनमा रहेको भवन धेरै पुरानो र जिर्ण भयो’ उनले भने ‘नयाँ भवन बनेर तयारी अवस्थामा छ । माघ १ गतेदेखी नयाँ भवनबाट सेवा दिन्छौ ।’ नयाँ भवन बनेर पनि ठेकेदार कम्पनीले हस्पतान्तरण गरीसकेको छ । तर भवनमा आवश्यक फर्निचर नभएका कारण नयाँ भवनबाट सेवा दिन ढिला भएको उनले बताए ।

    ‘ठेक्का अनुसार भवन निर्माण भएर ठेकेदार कम्पनीले हस्तान्तरण गर्यो’ उनले भने ‘तर त्यसमा आवश्यक फर्निचर ठेक्का भित्र नपरेकाले हामीले बनाउदै छौ । आज भोलीमा फर्निचरको काम पनि सकिन्छ ।’ अजिरकोट गाउँपालिका मार्फत सञ्चालनमा आउने उक्त अस्पतालमा अहिले आवश्यक फर्निचरहरु धमाधम बन्दै छन् ।

    डा.चौधरीका अनुसार पुरानो अस्पतालको काम लाग्ने सामान पनि नयाँ भवनमा सार्ने र नपुग्ने फर्निचरमात्र बनाउन लागिएको हो । फर्निचर बनेर फिटीङको काम समेत अन्तिम चरणमा भएकोले माघ १ गतेदेखी नै नयाँ भवनबाट सबै सेवा सञ्चालनमा आउने छ ।

    ५ बेडको उक्त अस्पतालको नयाँ भवन ७ करोडमा निर्माण सम्पन्न भएको हो । प्रदेश सरकार मार्फत बनेको उक्त भवनमा सोलार र ईन्टरनेट तथा स्विचिङका सबै काम सम्पन्न भएको छ ।

    बिरामी तथा कुरुवाको सुविधाको लागि केही दिन अगाडी मात्र नेपाल टेलिकम मार्फत फाईबर हालेर ईन्टरनेट सेवा जडान गरीएको छ । सुविधा सम्पन्न उक्त भवनमा अन्तरंगत तथा बहिरंग सहित, शल्यक्रिया कक्षको समेत स्थापना गरीएको छ ।

    १ जना डाक्टर, ३ जना नर्स, ६ जना अहेब, १ जना हेल्थ असिस्टेन्ट, ३ जना कार्यालय सहयोगी र १ जना एम्बुलेन्स चालक सहित रहेको अस्पतालले सार्वजनिक बिदाको दिन बाहेक सबै दिन बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक तथा प्रसुती सेवा, गर्भ पतन तथा परिवार नियोजन, भिडियो एक्सरे, ईसिजी, प्रयोगशाला, एम्बुलेन्स सेवा तथा चौबिसै घण्टा औषधी बितरण कक्ष खोल्ने गरीएको डा.चौधरीले जानकारी दिए ।

    उनका अनुसार अस्पतालको आफ्नै फारर्मेशीबाट बिरामीहरुले औषधी खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ ।

    अस्पतालले बिरामीहरुलाई ९२ प्रकारको औषधीहरु निःशुल्क बितरण गर्दै आएको छ । त्यस बाहेकका औषधी खरिदमा बिरामीले छुट पाउने ब्यवस्था मिलाएको पनि डा.चौधरीले जानकारी दिए ।

    सामान्यतया दैनिक जसो २० देखी २५ जना बिरामी जाँचका लागि आउने भएता पनि कुनै दिन ८० जनासम्म बिरामीले उक्त अस्पतालबाट सेवा लिएको अस्पतालको रेकर्डमा देख्न सकिन्छ ।

    अस्पतालले लैंगिक तथा यौन हिंसामा परेका पिडितलाई परापर्श दिनुका साथै आयुवैध सेवा, आँखा उपचार, निःशुल्क क्षयरोगको औषधी बितरण तथा परामर्श तथा प्रत्येक महिनाको १४ गते गर्भवती आमाको निःशुल्क भिडियो एक्स–रे गर्दै आएको पनि उनले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.