गोरखा । गोरखा सदरमुकाममा सरोकारवाला बिच आज खाद्य स्वच्छता र उपभोक्ता हितका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, दमौली तनहुँको आयोजनामा भएको अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया सहित भएको प्रशिक्षण कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबावु मास्केले गोरखा बजार तथा वरपर रहेको बजार क्षेत्रमा साना साना पोके ब्यापारीहरुको विगविगी रहेको भन्दै तत्कालै नियन्त्रण गर्न अनुरोध गरे ।
उनले उद्योगबाट उत्पादन भएर आएका बस्तु ब्यापारीले बिक्री गर्दा समेत ब्यापारी कानूनी झमेलामा परेकोभन्दै समस्या समाधानको लागि पहल गर्न प्रजिअ मार्फत उनले आग्रह गरे ।
कार्यक्रमको पहिलो शत्रमा जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीले उपभोत्ता अधिकार र खाद्य स्वच्छता र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, दमौली तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले हालै नेपाल सरकारबाट जारी भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग तथा ब्यापारीहरुको समस्यालाई लिएर केही समय भित्रै जिल्ला भित्रका स्थानिय तह संग छलफल चलाउने भन्दै जिल्ला भित्रबाट समस्याको समाधान नभएको खण्डमा केन्द्रिय स्तरबाट राय लिएर अगाडी बढ्ने बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्स, गोरखा उद्योग बाणिज्य संघका कार्य समिति सदस्यहरुका साथै ईकाइहरुका प्रतिनिधिहरु, जिल्ला भित्र क्रियाशिल सञ्चारकर्मीहरु, महिला मानव अधिकार तथा रक्षक जिल्ला संजाल, मानव अधिकार संजाल, जेष्ठ नागरिक संघ, नागरिक समाज, उद्योगी तथा ब्यापारीहरुको उपस्थिती रहेको थियो ।


