गोरखा । मानव सेवा आश्रम गोरखामा रहेका बालबालिका (बालगोपाल) हरुलाई न्यानो कपडा बितरण गरीएको छ ।
गोरखा आश्रममा आश्रीत ३७ जना बालगोपालहरु सहित आश्रम परिवारको लागि ४८ थान न्यानो कपडा रोटरी क्लब अफ काठमाडौं नर्थले आज एक कार्यक्रम बिच बितरण गरेको हो ।
गोरखा नगरपालिका–६ को गणेशपाटन (पाटेचौर) मा आश्रीत बालगोपालहरुलाई राजधानीबाट आएका क्लबका अध्यक्ष सहितको पदाधिकारीहरुले न्यानो कपडा बितरण गरेको आश्रम सञ्चालिका संभावना मानवले जानकारी दिईन ।
उनका अनुसार रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष प्रितम पौडेल सहितको पदाधिकारीहरुको एक समूहले शनिबार बिहान बालगोपालहरुलाई न्यानो कपडा बितरण गरेको थियो ।
आश्रमले देशैभरबाट उद्वार गरेर ल्याएका बालगोपालहरुलाई गोरखामा आश्रय दिदै आएको छ । गोरखा आश्रममा संघिय राजधानी काठमाडौं, कास्की, पर्सा, चितवन, गोरखा तथा अन्य जिल्लाका गरी ३७ जना बालगोपालहरुलाई आश्रय दिदै आएको छ ।



