प्रतिकात्मक तस्बिर
गोरखा । गोरखाको भीमसेन गाउँपालिकामा साईलेज पिट अर्थात हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा उत्पादन गरिने भएको छ ।
सहुलियत दरमा उत्पादन गरी पालिका भित्रका किसानलाई उपलब्ध गराउने उद्देश्यले साइलेज पिट निमार्ण गर्न लागिएको गाउँपालिका अघ्यक्ष लाेक प्रसाद बन्जाराले बताए ।
गाउँपालिका र प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तिय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी ८ लाखको लागतमा साइलेज पिट उत्पादन सुरु गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दीए ।
पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि गाउँपालिकाले साइलेज पिट निमार्ण गर्न लागिएको अधिकृत अधिकारीले बताए ।
सुख्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले साइलेज पिट निमार्ण गरी सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले साईलेज पिट निर्माण गर्न इच्छूक कृषि तथा पशुपन्छी फर्म वा कृषक समूह तथा कृषक सहकारीहरुलाई कार्यक्रम सञ्चालन गर्ने सहजिकरण गर्न लागेकाे हाे ।




















