गोरखा । गोरखा जिल्लाको अधिकांश स्थानमा आज बिहानैदेखी बिद्युत अबरुद्व भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको गाेरखा बजारमा रहेकाे बितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछी बिहानैदेखी बिद्युत अबरुद्व भएको हो ।
केन्द्रका प्रमुख चिजबहादुर गुरङका अनुसार गाेरखा बजारमा रहेकाे सब स्टेशनमा रहेकाे केही सामानमा प्राविधिक समस्या देखिएकाे र त्यसकाे मर्मत कार्य भइरहेकाले चाढै नै अबरुद्व बिद्युत सूचारु हुने बताए ।
उनले बिहान करिब ४:३० बजे समस्या देखीए लगत्तै गाेरखाकाे अधिकांश स्थानमा बिद्युत अबरुद्व भएकाे हाे ।


