गोरखा । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गोरखाको अघ्यक्षमा हरिराम अधिकारी चयन भएका छन् । सदरमुकाममा भएकाे छैटौ साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीलाई अघ्यक्षमा सर्व सम्मत रुपमा चयन गरेकाे हाे ।
आज भएकाे अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा जयराम अधिकारी र कोषाध्यक्षमा भगवती अधिकारीलाई पनि सर्वसम्मत चयन गरेको छ ।
त्यस्तैगरी, समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद अधिकारी, राजिव अधिकारी, लिलावती अधिकारी, टिकाराम अधिकारी र शुसिला अधिकारी चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय परिषद् सदस्यमा जानुका अधिकारी, प्रदेश प्रतिनिधिमा उत्तमबाबु अधिकारीलाइ चयन गरेको प्रतिष्ठानले जनाएको छ ।
सल्लाहकार समितिको संयोजकमा यदुप्रसाद अधिकारी, सदस्यहरुमा एकदेव अधिकारी र टुकनाथ अधिकारी चयन भएका छन् ।
गोरखा जिल्ला भित्र फैलिएका कश्यप गोत्रीय अधिकारीहरूको एकता, क्रियाशीलता बढाउदै वंशको गरिमा जगेर्ना गर्न तथा भावी पुस्तालाई समृद्धि र पहिचानको लागि प्रतिष्ठानले काम गर्दै आएको छ ।


