गोरखा । प्रेस सेन्टर नेपालको गोरखाको अध्यक्षमा राजेश पौडेल निर्बिरोध निर्वाचित भएका छन् ।
सेन्टरकाे गोरखा सदरमुकाममा भएकाे अघिबेशनले पौडेलको नेतृत्वमा ११ सदस्सीय जिल्ला कार्यसमिति सर्वसम्मतच चयन गरेको छ ।
जसको उपाध्यक्षमा धनबहादुर तामाङ, महिला उपाध्यक्षमा अस्मिता सिंखडा, सचिवमा यमबहादुर बसेल, सह-सचिवमा विमल श्रेष्ठ, अमृत वि.क र कोषाध्यक्षमा अभिषेक तामाङ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुरजसागर कुमाल र सुरज गुरुङ सर्वसम्मत चयन भएकाे मुख्य निर्वाचन अधिकृत धुब्रप्रसाद भट्टले जानकारी दिए ।
निर्वाचत कार्यतालिकापछि मनोनयन दर्ताका क्रममा सवै पदमा एकल उमेद्वारी परेको र कुनैपनि पदमा दावी विरोध नभएपछि निर्वाचन समितिले सवै पदमा सर्वसम्मत उमेद्वारी घोषणा गरिएको उनले बताए ।
अधिबेशनको उद्घाटन कार्यक्रमलाई बाेल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गण्डकी प्रदेश समितिका सदस्य एवं गोरखा जिल्लाका सचिव अंकुर तिमल्सिनाले प्रेस सेन्टर नेपाल आवाज विहिनहरुको आवाज बन्नुपर्नेमा जोडदिए । उनले देशलाई समाजवादको बाटोमा अघि बढाउन क्रान्तिकारी पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका थिए ।
उद्घाटन कार्यक्रमलाई बाेल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव एवं गण्डकी प्रदेश समितिका इन्चार्ज दीपक श्रेष्ठले सम्पूर्ण श्रमजीवि पत्रकारको अभिभावक संगठनको रुपमा प्रेस सेन्टर नेपाल स्थापित संगठनको रुपमा रहेको बताए । उनले पत्रकारहरुको हकहित र अधिकारका लागि मात्र नभएर संगठनको सदस्यहरुले पछिडिएका बर्ग समुदाय र हेपिएका चेपिएका जनताको आवाजलाई उठाउदै आएकाले पनि प्रेस सेन्टर लोकप्रिय बनेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष विनोद पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिका सचिव गुणराज रोकालगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।


