गोरखा । गोरखा जिल्लाकै सबैभन्दा पुरानो त्रिभूवन पुस्तकालयको आज पहिलो साधारण सभा सम्पन्न भएको छ ।
बिक्रम सम्बत २००८ सालमा स्थापना भएर सुसुप्त रुपमा रहेको पुस्तकालयले पहिलो साधारण सभा सम्पन्न गरेको हो ।
स्थापना पछी लामो समयसम्म सञ्चालनमा आउन नसेकेको पुस्तकालयले २०७९ साल भाद्र २ गते विधिवत दर्ता गरी पहिलो साधारण सभा गरेको अध्यक्ष कुशललाल श्रेष्ठले जानकारी दिए ।
जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सचिव किरण अर्यालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेश्वर अर्यालले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभाबाट पुस्तकालयले सर्व साधारणलाई पठन पाठनमा पुस्तकको पहुच पुर्याउने, शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने, भाषा तथा साहित्यसंग सम्वन्धित गोष्ठी तथा तालिम सञ्चालन गर्ने, ई–लाईब्रेरीको ब्यवस्था गर्ने कार्य योजनाहरु पास गरेको सचिव किरण अर्यालले जानकारी दिए ।
जिर्ण रहेको भवनलाइ ०७२ सालमा आएको ‘गोरखा भूकम्प’ले क्षती पुर्याएपछी गोरखा नगरपालिका र अन्यदाताहरुको सहयोगमा नयाँ भवन निर्माण गरी पुनः सञ्चालनमा ल्याएको हो ।
पुस्तकालयमा अहिले १२३ जना आजिवन र २ जना विशिष्ट आजिवन सदस्य गरी कुल १२५ जना सदस्य आवद्व रहेका छन् ।
पुस्तकालयका अघ्यक्ष कुशललाल श्रेष्ठको अघ्यक्षतामा भएको साधारण सभामा गोरखा क्याम्पसका क्याम्पस प्रमुख नवराज पाण्डे, द्रब्यशाह बहुमुखी क्याम्पस प्रमुख एकदेव अधिकारी, शैक्षिक बुद्विजिवि रामचन्द्र आर्चाय, पुस्तकालयका सल्लाहाकार स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलासबावु श्रेष्ठ र आजिवन सदस्य रामशरण बानियाँले शुभ कामना मन्तब्य राखेका थिए ।
पुन:निर्माण पछीकाे त्रिभूवन पुस्तकालय



