गोरखा । चौथो जेष्ठ नागरिक दिवसको अवसरमा आज गोरखा अस्पतालमा रहेका बिरामीहरुलाइ हरलिक्स बितरण गरिएको छ ।
जेष्ठ नागरिक संघ गोरखाले बिहीबार अस्पतालमा रहेका सबै बिरामीहरुलाई हरलिक्स र बिस्कुट वितरण गरेको हो ।
सो अवशरमा ३० जना बिरामीहरुलाइ हरलिक्स र बिस्कुट वितरण गरीएको संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।
बिरामीहरुलाइ हरलिक्स र बिस्कुट विरतण गनुपूर्व गोरखा नगरपालिकाका मेयर तथा प्रमुख अतिथी कृण्णबहादुर राना मगरले नगरपालिका जेष्ठ नागरिकहरुको हक र अधिकारका लागि प्रतिबद्व रहेको बताए ।
उनले यस्ता कार्यक्रहरुले जेष्ठ नागरिकहरुलाइ समाजमा हेर्ने दृष्टिकोण अझै उच्च हुदै जाने भन्दै पिछिल्लो पिडीलाइ राम्रा कामहरु गर्न प्रोत्साहित गर्न समेत आग्रह गरे ।
जेष्ठ नागरिक संघ गोरखा अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सामाजिक बिकास कार्यालयका प्रमुख तुलसी गुरुङ, गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिद्वार्थ खनाल, अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ तथा जेष्ठ नागरिक संघका पदाधिकारीहरु र अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।








