गोरखा । सदरमुकाममा रहेको गोरखा अस्पताल भोली आधा दिन मात्र खुल्ने भएको छ । बुधबार क्रिश्चिन समुदायको क्रिसमस डे मा परेको सार्वजनिक बिदाका कारण आधा दिन मात्र खुल्ने भएको हो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै ‘पौष १० गते बुधबार क्रिसमस–डे को बिदा भएकोले सोही दिनमा यस अस्पतालको ओपिडी सेवा आधा दिन खुल्ला रहने छ’ भनिएको छ ।
आधा दिन अन्तरर्गत बुधबार जिल्ला अस्पतालको ओपिडी दिउसो १ बजेसम्म खुल्ला रहने छ । उक्त दिनका लागी अस्पतालमा आउने बिरामीहरुले बिहान ११ बजेसम्म टिकट काटी सक्नुपर्ने छ ।
जारी सूचनामा ‘टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउसो १ बजेसम्म सेवा हुने’ भन्दै ‘इमर्जेन्सी र अन्तरंग सेवा २४ सै घण्टा यथावत चालु रहने’ भनिएको छ ।
सार्वजनिक बिदामा ओपिडी सेवा बन्द हुने भएता पनि बिरामीहरुको चाप हुनसक्ने भन्दै अस्पताल प्रशासनले आधा दिन मात्र बहिरंग सेवा सञ्चालनमा ल्याउन लागेको हो ।




