×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखा नगरपालिकाले ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ नि:शुल्क सेवा दिदै

  •  गोरखा समाचार
  • सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका गोरखाले नगरबासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि बिभिन्न सेवा उपलब्ध गराउन थालेको छ । नगरपालिकाले जन्मदेखि मृत्युसम्मको सेवा’ कार्यक्रम अन्तरर्गत बच्चा जन्माउनका लागि गर्भवतीलाई अस्पताल लाने ल्याउनेदेखि नगरबासीको मृत्युसंस्कारमा अत्येष्टीका लागिसमेत निःशुल्क सेवा उपलब्ध गराउन थालेको हो ।

    ‘‘हरेक नगरबासी गर्भवतीलाई बच्चा जन्माउन निःशुल्क अस्पताल पुर्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘‘नगरबासी कसैको निधन भएमा अन्त्येष्टीका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’’

    नगरबासीलाई आधारभूत स्वास्थ्य उपचारसमेत नगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । ‘‘गोरखा अस्पतालमा उपचारका लागि पुगेका नगरबासीको टिकटको शुल्क पनि नगरपालिकाले नै तिरिदिन्छ, उनले भने, ‘‘सोही टिकटबाट १८ प्रकारका ल्याव सेवा, ९८ प्रकारका स्वास्थ्य उपचारसेवा र उपचारका लागि अस्पताल भर्ना हुन परेमा ‘बेड’ शुल्कसमेत नगरपालिकाले तिरिदिने व्यवस्था गर्दै आएको छ ।’’

    नगरपालिकाले उपलब्ध गराउँदै आएको सेवा लिन बिरामीले अस्पताल जाँदा नागरिकता लिएर गए पुग्ने व्यवस्था गरिएको उनको भनाई छ । त्यस्तै नगरपालिकाले गोरखा अस्पतालमा आयुर्वेदिक उपचार सेवासमेत सञ्चालन ल्याएको छ । ‘‘आयुर्वेदिक पद्धतीबाट उपचार गर्न चाहाने नगरपालिका भित्रका बिरामीले गोरखा अस्पतालमा निःशुल्क सेवा लिन सक्नेछन्’’ नगरप्रमुख रानामगरले भने ।

    नगरपालिकाले गोरखा लायन्स सेवा केन्द्रसंग पनि समन्वय गरेर नगरबासीलाई आँखाको उपचार तथा मोतियाविन्दुको शल्यक्रिया नि:शुल्क रुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ । ‘‘मोतियाविन्दुको एउटा शल्यक्रिया गर्न ५० हजारदेखि १ लाखसम्म खर्च व्यर्होनुपर्ने अवस्था थियो, उgले भने, ‘‘अहिले नगरबासीले मोतियाविन्दुको शल्यक्रियादेखि औषधी, चस्मालगायत निःशुल्क पाउने व्यवस्था गरिएको छ ।’’

    नगरप्रमुख रानामगरले गर्भवतीलाई सुुत्केरी गराउन गोरखा अस्पतालसम्म पुर्याउने सुत्केरी गराएर घरसम्म ल्याउनका लागि एम्बुलेन्स सेवा पनि नगरपालिकाले उपलब्ध गराउँदै आएको जानकारी दिए । गोरखा अस्पतालबाट रिफर गरेर अन्यत्र लैजानुपर्ने अवस्थामा समेत नगरपालिकाले निःशुल्क सेवा दिने उनको भनाई छ ।

    त्यस्तै नगरपालिका भित्रका अत्यन्तै शसक्त, गरिव र कमजोर आर्थिक अवस्था भएकालाई उपचारका लागि बढीमा १० हजारसम्म नगदै दिने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाले नगरबासीको मृत्यु भएमा अन्त्येष्टीका लागि रामशाह घाटमा निःशुल्क दाउराको व्यवस्थापनि गर्दै आएको छ ।

    ‘‘मुस्लिम समुदायको पनि बसोबास रहेको नगरपालिका भएकाले मुस्लिम समुदायका व्यक्तिको निधन भएका मुत्यु संस्कारका नि:शुल्क रुपमा के गर्ने भन्ने बारेमा पनि सोचिरहेका छौ, नगरप्रमुख रानामगरले भने, ‘‘गुरुङ, तामाङलगायतका अन्य समुदायका लागि मुत्यु संस्कारमा गर्नुपर्ने सहयोगपनि नगरपालिकाले गर्छ, ।’’

    जन्मका लागि एम्बुलेन्समा राखेर अस्पतालसम्म पुर्याइदिने, जन्मेपछि एम्बुलेन्समा राखेर घरसम्म पनि ल्याइदिने, बिरामी परेका बेला आधारभूत स्वास्थ्य उपचारसेवा निःशुल्क उपलब्ध गराइदिनेदेखि मृत्यु हुँदा मृत्यु संस्कारमा दिने सेवासुविधासमेत नगरपालिकाले नगरबासीलाई दिदैँ आएको नगरप्रमुख रानामगरले जानकारी दिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, पुष ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.