गाेरखा । आज गोरखा नगरपालिका गोरखाले प्रदान गर्ने अत्यावश्यक वाहेकका सवै प्रकारको सेवा प्रवाह भोली बन्द हुने भएको छ ।
नगरपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ अन्तरर्गतकाे हिउँदे नगरसभाको १५औं अधिबेशन सञ्चालन हुने भएकाले आजका दिन नगरपालिकाले प्रदान गर्दै आएका अत्यावश्यक वाहेकका सवै सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिए ।
नगरपालिकाले आज सूचना प्रकाशन गरि सेवाप्रवाह बन्द हुने बारे नगरबासीलाई जानकारी गरिएको हो । नगरसभाका नगरपालिका भित्रका सवै जनप्रतिनिधि र कर्मचारीहरु सहभागी हुनुपर्ने भएकाले अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय भएको उनको भनाई छ ।
गोरखा नगरपालिकाको हिउँदे नगरसभा सोमबार विहान ११ बजेका लागि बोलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । नगरपालिकाको सभाहलमा सभाको आयोजना गरिएको उनको भनाई छ ।




















