गोरखा । गोरखाको पालुङटार नगरपालिकामा आज “स्थानीय तहमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र सेवा प्रवाहसँग सम्बन्धित सचेतनामुलक अन्तरक्रिया कार्यक्रम“ सम्पन्न भएको छ ।
जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा स्थानीय तहमा शान्ति सुरक्षा र अपराध नियन्त्रणसहित कार्यालयले प्रदान गर्दै आएको सेवा प्रवाहका बारेमा नागरिकहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले नागरिकको सुरक्षामा प्रसासन सधै चनाखो हुनुपर्ने भन्दै स्थानीय सरकार सवै प्रकारको सहयोग र सहकार्यमा प्रतिवद्ध रहेको बताए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख चिन्तनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे, साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठक, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, स्थाीय नगर महिला सञ्जालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


