गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको जिल्लाको भेलाले पार्टीको जिल्ला संयोजक सुर्वण रोकाहा क्षेत्रीलाई चयन गरेकाे छ ।
गोरखा सदरमुकाम शनिबार भएकाे भेलाले जिल्ला समितिकाे संयाेजकमा क्षेत्रीलाई सर्वसम्मत रुपमा चयन गरेकाे पार्टी अमृत भट्टराईले जानकारी दिए ।
भेलाले उपसभापतिमा धुब्र अधिकारी, सचिवमा मिलन राना, सहसचिवमा राजेश्वर अम्गाईलाई चयन गरेको छ ।
त्यस्तैगरी, सदस्यहरुमा बिष्णु ढकाल, अन्जना काप्री, शंकरबाबु देवकोटा, नारायण प्रसाद देवकोटा र शशिकला धिताललाई चयन गरेको छ ।
भेलाले गोरखा प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजक एव जिल्ला पार्टी सदस्यमा बेदप्रसाद ढकाललाई जिम्मेवारी दिएको छ भने क्षेत्र नम्बर २ को सदस्य चयन गर्न बाँकी रहेको छ ।
पार्टीका उपसभापति एवं प्रतिनिधिसभाका सांसद स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता जिल्ला भेला भएकाे थियो । भेला पूर्व सदरमुकामको पेट्रोलपम्पस्थित पार्टी कार्यालयबाट र्याली निकालिएको थियो ।
र्यालीमा सहभागी नेता कार्यकर्ताहरुले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले फसाउने षडयन्त्र गरेको भन्दै सरकार बिरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
कार्यक्रममा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका पार्टी प्रमुख राजन गौतम लगायतको सहभागिता रहेको थियाे ।




















