फाईल तस्बिर
गोरखा । गोरखा जिल्लाको विभिन्न स्थानमा आज बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको आँबुखैरेनीमा रहेको ३३ केभि सवस्टेशनमा देखिएको समस्या समाधान गर्न बिद्युत अबरुद्व हुने भएको हो ।
बिद्युत अबरुद्व हुने बारे हिाजे नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र सूचना जारी गर्दै गोरखा विभिन्न स्थानमा बिहान ७ बजेदेखी दिउसो १२बजेसम्म बिद्युत अबरुद्व हुने जानकारी गराएको हो ।
आँबुखेरेनीमा रहेको सबस्टेशनबाट गोरखा तर्फ आउने वे को करेन्ट ट्रान्फरर्मरमा आएको र बदली गनुपर्ने भएका कारण बिद्युत अबरुद्व हुने गोरखा बितरण केन्द्रले जनाएको छ ।
उक्त समयमा गोरखा जिल्ला अन्तरर्गतका गोरखा नगरपालिका १ देखी १२ सम्म, पालुङटार नगरपालिकाको वडा नम्बर १ र २, सिरानचोक गाउँपालिकाको ४, ५ र ६ तथा भिमसेन थापा गाउँपालिकाको १, २, ५, ६, ७ र ८ नम्बर वडामा बिद्युत अबरुद्व हुने छ ।
त्यसका साथै सोही समयमा शहिद लखन गाउँपालिका ७, ८ र ९ तथा बारपाक सुलिकोट गाउँपालिकाको ५, ६, ७ र ८ वडामा बिद्युत अबरुद्व हुने सूचना मार्फत जानकारी गराएको छ ।
उक्त अवधिमा गोरखा जिल्ला भित्रका १५ देखी २० हजार घरमा बिद्युत अबरुद्व हुने अनुमान बितरण केन्द्रले गरेको छ ।




















