गोरखा । गोरखा सदरमुकाममा रहेको तारा माध्यामिक बिद्यालयमा अध्ययनरत केही बिद्यार्थीहरुलाई एक गैरसरकरी संस्थाले स्कुल ड्रेस बितरण गरेको छ । स्कुलमा अध्ययरत मध्ये १५ जना बिद्यार्थीहरुलाई ड्रेस बितरण गरिएको हो ।
गोरखा नगरपालिका–१० को छेवेटार बजारमा रहेको तारा माविमा अध्ययनरत मध्ये १९ जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई लायन्स क्लब अफ डायमण्डले एक कार्यक्रम बिच ड्रेस बितरण गरेको क्लबका गर्भनर प्रोग्राम चियरपर्सन ऋषी श्रेष्ठले बताए ।
उनका अनुसार क्लबका अध्यक्ष बिकासबावु परियार सहितको क्लबका पदाधिकारीहरुको उपस्थितीमा बिद्यार्थीहरुलाई स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरुको रोरहबरमा हिजो बुधबार ड्रेस प्रदान गरिएको हो ।
क्लबले यस अघिपनी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयाेग गर्दै आएकाे छ ।


