गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखा निलम्बनमा परेको छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार हिजाे (शुक्रबार) शाखाले आफु खुशी निर्वाचन प्रक्रिया स्थगन गरेपछी केन्द्रले शाखालाई निलम्बन गर्नु परेको कार्यावहाक अध्यक्ष बाला अधिकारीले बताए ।
कार्यावाहक अध्यक्ष अधिकारीद्धारा हस्ताक्षरित निलम्बन पत्रमा महासंघका गोरखा जिल्ला अध्यक्षसहित उपस्थितीमा वि.स २०८१ असोज १९ गते भक्तपुरमा सम्पन्न शाखा अध्यक्षहरु सहितको राष्ट्रिय भेलाबाट मंसिर २८ गते निर्वाचन गर्ने निर्णय विपरित आफुखुशी निर्वाचन कार्यक्रम स्थगन गरेर असहयोग गरेको उल्लेख गरिएको छ ।
पत्रकार महासंघको विधान, २०६० (पाँचौ संसोधन २०७५) को धारा ३२ र ४३ बमोजिम गोरखा शाखालाई अर्को निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको पत्रमा उल्लेख गरेकाे छ ।
कार्यवाहक अध्यक्ष अधिकारीले निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न आफुले पटकपटक अनुरोध गरेको भएपनि गोरखा जिल्ला अध्यक्ष नरहरी सापकोटाले अटेरी गरेको बताए । ‘‘सदस्यताको विवादको सन्दर्भमा हामीले थपघट गरेका छैनौ, जिल्लाले सर्वसम्मत पठाएको र प्रदेशले सर्वसम्मत पठाएको सदस्यता नै जस्ताको तस्तै पठाएका हौँ, उनले भने, ‘‘अरुले जित्छ भन्दै चुनाव नै नगर्नु गलत हो, एउटा सदस्यको कुराले निर्वाचन नै स्थगत गर्ने भन्नेपनि कहीँ हुन्छ ।’’
कार्यवाहक अध्यक्ष अधिकारीले शाखालाई निलम्बन हुन बाट जोगाउन आफुले पूर्वअध्यक्ष किशोरजंग थापा र बर्तमान जिल्ला अध्यक्ष सापकोटालाई कम्तीमा केन्द्र र प्रदेशको मात्र मतदान गरेर चुनाव पछि गर्नसमेत आग्रह गरेको भएपनि वेवास्ता गरेको बताए ।
उनले जिल्ला अध्यक्षको गैह्रजिम्मेवारी पनाका कारण शाखा निलम्बन गर्न आफु बाध्य भएको समेत बताए ।
शाखालाई निलम्बन नगर्दा देशभरका अन्य शाखाहरुमा सम्पन्न भएको मतगणनाको नजिता घोषणा गर्न नसक्ने कानुनी वाध्यता रहेकाले पनि निलम्बन गर्नैै पर्ने अवस्था आएको कार्यावाहक अध्यक्ष अधिकारीको भनाई छ । ‘‘कसैलाई मन लाग्दैमा निर्वाचन गर्दिन भन्न पाइदैन, उनले भने, ‘‘महासंघको आफ्नै विधान हुन्छ, त्यही विधान अनुसार चल्छ चलाउनुपर्छ ।’’
किशाेरजंङ थापा पछिल्लाे समय नेपाली काँग्रेसकाे राजनितीमा सक्रिय छन् । उनी नेपाली काँग्रेस गाेरखाका सचिव हुन् ।
धारा ३२ र ४३ मा के छ हेराैं :





