गोरखा । सहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटले गाउँपालिकाबाट स्विकृत चालु आर्थिक बर्षको योजना तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धबार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको छ ।
वडा कार्यालयले चालु आर्थिक बर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता समितिलाई सम्मान गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उपभोक्ता समिति गठन गरी पहिलो र दोस्रो पटक काम सम्पन गर्न सफल समितिलाई सम्मान गरेको उनले बताए ।
यसबर्ष गाउँपालिकाबाट स्विकृत योजना तथा कार्यक्रम मध्ये बनकाली गरन्जा गाउँ हुदैँ सुसारे गाउँ सडकस्तरोन्ती योजना उपभोत्ता समितिले वडामा पहिलोपटक योजना सम्पन गरी रकम भुक्तानी लिएको थियाे ।
त्यस्तैगरी, मास्की छाप भुपु सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समितिले वडामा योजना सम्पन्न गरी भुक्तानी लिने दोस्रो उपभोक्ता समितिको रुपमा सम्मानित भएको छ ।
वडा कार्यालयले वडाको सामाजिक तथा विकास निर्माणको काममा योगदान पुर्याएकाले उपभोक्ता समितिलाई सम्मान गरेको वडाघ्य श्रेष्ठले बताए ।


